नियम ४
२ निर्माण सम्बन्धी मापदण्ड
: संरक्षित स्मारक क्षेत्रभित्र कसैको हकभोगको जग्गामा निर्माण गरिने घर वा भवन, साविक आकारमा परिवर्तन हुने गरी गरिने मर्मत, थपघट वा पुन निर्माण सम्बन्धमा विभागले प्राविधिक समितिको परामर्श लिई त्यस्तो क्षेत्रको महत्वलाई समेत ध्यानमा राखी त्यस्तो क्षेत्रमा गरिने निर्माण कार्यको शैली र आवश्यक मापदण्ड तोकी सार्वजनिक सूचनाको रूपमा सम्बन्धित स्मारक क्षेत्रको कार्यालयको सूचना पाटीमा टाँस्ने व्यवस्था गर्नेछ ।